हाम्रो बारे

हाम्रो जन्मस्थल, हामीलाई सदैव माया र सुन्दर लाग्ने ऐतिहासिक नगरी तानसेनबाट शिक्षा आर्जन तथा पेशागत बाध्यतावश स्थायी वा अस्थायी रुपमा देशको राजधानी काठमाडौँमा बसाईं, सराई हुने क्रमसँगै तानसेन पाल्पाका नेवारहरुको प्राचिन धर्म, संस्कति र परम्परालाई निरन्तरता दिने प्रयास स्वरुप बि.सं. २०४९ साल चैत्र २७ गते केही उत्साही तन्नेरीहरुको सक्रियता र अभिभावकिय भूमिका खेल्ने बुद्धिजिवीहरुको सल्लाह र मार्गनिर्देशनमा एउटा भेलाको आयोजना गरि तानसेन गुठीको विजारोपण गरिएको थियो। उहाँहरुलाई हामी गुठीका सम्पूर्ण सदस्यहरुबाट गुठीलाई एउटा सार्थक उद्देश्यका लागि जन्म दिनुभएकोमा मुरीमुरी धन्यवाद दिनै पर्दछ।

तानसे‌न गुठीका प्रमुख उद्दे‌श्यहरू 

क) जन्मभूमि तानसेनबाट काठमाडौंमा आई विभिन्न पेसा र व्यवसाय गरी बसेका  तानसेनवासीहरू बीच सुमधुर सम्बन्ध, स्नेह, मित्रता र भातृत्व एवम् सद्भाव कायम गरी पारस्परिक मेलमिलाप र सहयोग अभिवृद्धि गर्दै लैजाने  । 

ख) सामाजिक कार्यअन्तर्गत बेलविवाह (इहि) व्रतबन्ध आदि सामूहिक रूपमा  सम्पन्न गराउने  । 

ग) गुठी सदस्य वा परिवार आकस्मिक अस्वस्थ, संकट र अन्य भवितव्य पर्दा र मर्दा  एकअर्कालाई गुठीमार्फत सक्दो सहयोग गर्ने  । 

घ) तानसेनको ऐतिहासिक, धार्मिक, सांस्कृ तिक आदि सम्पदाको संरक्षण, संवर्द्धन  र संभार गर्ने कार्यमा गुठी Catalyst का रूपमा काम गर्ने र सक्दो सहयोग  गर्ने  । 

ङ) शिक्षा, स्वास्थ्य, पर्यटन, वातावरण र आर्थिक क्षेत्रमा प्रत्यक्षरूपले सकारात्मक  प्रभाव पर्ने क्रियाकलापमा टेवा दिने कार्य गर्न प्रयत्नशील रहने  । 

च) गुठियार सदस्यहरूलाई संस्थागत रूपमा आवद्ध गराउन विभिन्न कार्यक्रमको  योजना तर्जुमा गर्दै समयानुकूल परिवर्तन गर्दै लगिनेछ । 

छ) गुठी सदस्यहरूका छोराछोरीहरू एकत्रित गर्नविशेष खालका कार्यक्रमहरूको  आयोजना गर्ने  ।