हाम्रो बारे

जन्मभूमि तानसेनबाट विभिन्न कारणले काठमाडौंमा आई विविध पेशा र व्यवसाय गरी बसोवास गरेका बसेका तानसेनबासीहरू बिच सुमधुर स्नेह, मित्रता र भातृत्व कायम गरी पारस्परिक मेलमिलाप र सहयोग अभिवृद्धि गर्दै लैजाने उद्देश्यले वि.सं.२०५० सालमा चैत २७ गते ३२ जना युवाहरु द्वारा स्थापित यो तानसेन गुठी एउटा विशुद्ध सामाजिक एवम् स्वयमसेवी संस्था हो एक आपसलाई सहयोग गर्ने अपनत्वको भावनाले सुरु भएको यो गुठीले जन्मस्थलको समृद्धि र सम्बर्द्धनकोलागि केहि गर्नुपर्ने सोचले स्थापना कालदेखि नै तानसेनको सामाजिक, धार्मिक, शैक्षिक, स्वास्थ्य, पर्यटन आदि क्षेत्रमा आफ्‌नो उद्देश्य अनुरूप क्षमताले भ्याएसम्म महत्त्वपूर्ण कार्यक्रमहरू सम्पन्न गर्दै आएको र निरन्तर अगाडि बढाउँदै लगेको छ। यस्को निमित्त दाता गुठियारज्यूहरुबाट करिब ६५ वटा अक्षयकोषको स्थापना भएको छ हाल गुठीमा तानसेन र बुटवलका शाखाका सहित करिव ५०० जना आजीवन सदस्य रहेको छ |

तानसे‌न गुठीका प्रमुख उद्दे‌श्यहरू 

क) जन्मभूमि तानसेनबाट काठमाडौंमा आई विभिन्न पेसा र व्यवसाय गरी बसेका  तानसेनवासीहरू बीच सुमधुर सम्बन्ध, स्नेह, मित्रता र भातृत्व एवम् सद्भाव कायम गरी पारस्परिक मेलमिलाप र सहयोग अभिवृद्धि गर्दै लैजाने 

ख) सामाजिक कार्यअन्तर्गत बेलविवाह (इहि) व्रतबन्ध आदि सामूहिक रूपमा  सम्पन्न गराउने  । 

ग) गुठी सदस्य वा परिवार आकस्मिक अस्वस्थ, संकट र अन्य भवितव्य पर्दा र मर्दा  एकअर्कालाई गुठीमार्फत सक्दो सहयोग गर्ने  । 

घ) तानसेनको ऐतिहासिक, धार्मिक, सांस्कृतिक आदि सम्पदाको संरक्षण, संवर्द्धन  र संभार गर्ने कार्यमा गुठी Catalyst का रूपमा काम गर्ने र सक्दो सहयोग  गर्ने  । 

ङ) शिक्षा, स्वास्थ्य, पर्यटन, वातावरण र आर्थिक क्षेत्रमा प्रत्यक्षरूपले सकारात्मक  प्रभाव पर्ने क्रियाकलापमा टेवा दिने कार्य गर्न प्रयत्नशील रहने 

च) गुठियार सदस्यहरूलाई संस्थागत रूपमा आवद्ध गराउन विभिन्न कार्यक्रमको  योजना तर्जुमा गर्दै समयानुकूल परिवर्तन गर्दै लगिनेछ । 

छ) गुठी सदस्यहरूका छोराछोरीहरू एकत्रित गर्नविशेष खालका कार्यक्रमहरूको  आयोजना गर्ने  ।