सूचना

हार्दिक निमन्त्रणा – ३२ औं वार्षिक भेला तथा साधारण सभा

तानसेन गुठी, काठमाण्डौँको ३२ औं वार्षिक भेला तथा साधारण सभा देहाय बमोजिम हुने भएकोले सम्पूर्ण गुठियार सदस्यज्यूहरुको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछु ।

उक्त कार्यक्रममा श्री ७ रणउजीरेश्वरी भगवती माताको पूजा, टीका तथा प्रसाद ग्रहण प्रमुख अतिथि श्रध्देय श्री देवनाथ गोङ्गल ज्यूको आतिथ्यतामा हुने व्यहोरा सम्पूर्ण गुठियार सदस्यज्युहरुमा जानकारी गराउँदछौं ।

मिति: २०८१ भाद्र २२ गते शनिवार
स्थान: कुपोण्डोल बैंक्वेट, कुपोण्डोल, ललितपुर (https://maps.app.goo.gl/vuksbvBgB1LzzLQF8)

साधारण सभा :
बन्दसत्र: बिहान ११:०० बजे
खुलासत्र: अपरान्ह ०१:३० बजे

पूजा तथा प्रसाद ग्रहण: बिहान ०८:००
समयेबजी: अपरान्ह ०१:०० बजे
नेवा: भ्वय तथा मनोरञ्जन: अपरान्ह ०४:०० बजे

प्रमी श्रेष्ठ
अध्यक्ष
तथा तानसेन गुठी परिवार, काठमाण्डौँ