महिला व्यक्तित्व विकास तालिम
मिति २०८० चैत २४ गते शनिबार , तानसेन गुठी, महिला उपसमितिद्वारा महिला व्यक्तिव विकास विषयमा आयोजना गरिएको “Develop Your Personal Brand” नामक एक दिने तालिम कार्यक्रम गुठीका पहिलो महिला अध्यक्ष श्री शान्ता शाक्यज्यूको प्रमुख आतिथ्यमा कार्यक्रम रमाइलो र सफलता साथ सम्पन्न भएको थियो । ६० जनादिदीबहिनीको सहभागिता रहेको उक्त कार्यक्रम नि:शुल्क उपलब्ध म्हेपी स्थित अमृत इङलिस बोर्डिङ स्कुलमा गुठीका सह सचिव, कार्यक्रम संयोजक तथा प्रशिक्षक, श्री उषा मल्ल सिंहज्यूबाट नि:शुल्क संचालन गरिदिनुभएको थियोे ।कार्यक्रममा गुठीका सल्लाहकार श्री बनमाली प्रसाद लाकौल ज्यू, गुठीका पूर्व अध्यक्षज्यूहरु श्री शरण रत्न शाक्यज्यू तथा सर्जुमान लिगलज्यू उपस्थित हुनुभएर कार्यक्रमको गरिमा तथा हौसला बढाई दिनु भएको थियो।
कार्यक्रम रमाइलो र सफलता साथ सम्पन्न गर्न सहयोग पुर्याउनु हुने सहभागीज्यूहरु लगायत सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी गुठीका अन्य कार्यक्रमहरुमा पनि यस्तै सकृय सहभागिता रहने आशा गर्दछौं।





