अध्ययन प्रतिवेदन प्रस्तुतीकरण, छलफल तथा हस्तान्तरण कार्यक्रम
गत जेठमा यस तानसेन गूठीको समन्वयमा KEC द्वारा तानसेन नगर पालिकाभित्र तानसेनमा बजारका केही भागको अध्ययन पुरा गरेको थियो। ति पुराना घर, गल्ली, बाटो, मठ, मन्दिर जस्ता धेरै सम्पदाको (भौतिक,अभौतिक)संरक्षण सम्बर्द्धन व्यवस्थापन र उपयोगवाट तानसेनको मध्ययुगीन शहरको पहिचानमा गहकिलो मद्दत गर्न सकिन्छ भन्ने प्रतिवेदनको सार सहित कार्यान्वयन र पर्यटन प्रवर्द्वनका लागी सम्पदा संरक्षण गुरुयोजना निर्माणमा सहजीकरण गर्ने सुझाव सहित तानसेन नगर पालिकालाई भिजुएल प्रस्तुति गरि र हस्तान्तरण गर्ने कार्य मिति २०८१ फागुन १० शनिबार तानसेन नगरपालिकामा नगरप्रमुख श्री सन्तोषलाल श्रेष्ठको अध्यक्षतामा तानसेनका प्रतिनिधि सभाका सभासद लगायत तानसेनका बिभिन्नसंघ संस्थाका प्रतिनिधिज्यूहरु,विज्ञ, गन्यमान्यज्यूहरुको उपस्थितिमा सुसम्पन्न भयो।





