मनमोहन पार्क, लाकुरी भञ्ज्याङ हाइक
मिति १७ जेठ २०८२, शनिवार तानसेन गुठीले आयोजना गरेको मनमोहन पार्क, लाकुरी भञ्ज्याङ हाइक सफलतापूर्वक सम्पन्न भएको छ। हाइकमा २१ जना सहभागी हुनु भएको थियो। बिहान ठीक ७ बजे लामाटार बस स्टपमा भेला भई हामीले आफ्नो यात्रा सुरु गर्यौं। बिहान ११:३० बजे मनमोहन पार्कमा पुगेर केही समय विश्राम गर्यौं। त्यसपछि खाना खान नजिकैको होटलतर्फ लाग्यौं। खाना खाएर दिउँसो १:३० बजे फर्कने यात्रा सुरु भयो। अन्ततः दिउँसो ४ बजे हामी लामाटार बस स्टपमा पुनः फर्कियौं – थकाइ थियो, तर त्योभन्दा बढी सन्तोष र आनन्दको अनुभव।
हरियालीले ढाकिएको जंगल, मनमोहक दृश्यहरू, मनमोहन पार्कको शान्त वातावरण र सहभागीहरूको उर्जा र उत्साहले यो यात्रा अविस्मरणीय बनायो । यस सफल यात्रामा सहभागिता जनाउनु हुने सबैमा हार्दिक धन्यवाद! 🙏
विशेष गरी हाइकको नेतृत्व गर्नु भएका गोविन्द बजगाईज्यूलाई धन्यवाद र आभार। सहभागीहरूको उत्साह, सकारात्मक ऊर्जा र सक्रिय सहभागिताले यो हाइक अझ स्मरणीय बनायो।



