कार्यक्रम

९० वर्षको बधाई तथा शुभकामना पूजा सम्पन्न

तानसेन गुठीका सल्लाहकार मीर सुब्बा नारायणप्रसाद श्रेष्ठज्यूले आफ्नो जीवनको ९१ वर्ष पूरा गरी ९२औं वर्षमा प्रवेश गर्नुभएको यस शुभ जन्मदिनको अवसरमा, तानसेन गुठीले मिति २०८२ भाद्र १३ गते, शुक्रबारका दिन उहाँको ९० वर्षको बधाई तथा शुभकामना पूजा सम्पन्न गरेको छ ।

यस विशेष उपलक्ष्यमा, श्रेष्ठज्यूले आफ्ना प्रिय भाइ, बुहारी, बहिनीहरूसहित संयुक्त रूपमा आफ्ना पूज्य हजुरबुवा वीरबहादुर श्रेष्ठ, हजुरआमा सूर्यकुमारी श्रेष्ठ, बुवा तुलसीप्रसाद श्रेष्ठ तथा आमा छन्दकुमारी श्रेष्ठको स्मृतिमा “वीर सूर्य तुलसी छन्द स्मृति अक्षय कोष” स्थापना गर्नुभएको छ ।