कार्यक्रम

“Design Your Future: One Day Academic Goal Setting” तालिम

तानसेन गुठीको युवा तथा महिला क्षमता विकास कार्यक्रम अन्तरगत १० कक्षामा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक स्तर वृद्धि गर्ने उद्देश्यले आयोजित “Design Your Future: One Day Academic Goal Setting” तालिम तीन विद्यालयहरूमा सम्पन्न गरिएको थियो ।

📍 २०८२ जेष्ठ १६ गते – श्री यशोधरा बौद्ध मा.वि., ललितपुर

📍 २०८२ जेष्ठ २० गते – श्री कालीदेवी मा.वि., तारकेश्वर

📍 २०८२ जेष्ठ २३ गते – श्री हरिसिद्धि मा.वि., हरिसिद्धि, ललितपुर

यस तालिममा प्रशिक्षक तथा कार्यक्रम संयोजक उषा मल्ल सिंह (१५ औं कार्यसमितिका सह-सचिव)ले विद्यार्थीहरूलाई लक्ष्य निर्धारण, शैक्षिक योजना, आत्मविश्वास विकास र भविष्य निर्माणका तरिका बारे प्रशिक्षण दिनुभएको थियो ।

जम्मा १४० जना विद्यार्थीहरूको सहभागिता रहेको यो कार्यक्रम संरचना नेपाल, टेकु र महिला सहयोगी बचत तथा ऋण सहकारी संस्था लि.को आर्थिक सहयोगमा सम्पन्न भएको थियो ।