कार्यक्रम

श्री सन्त लाल बज्राचार्य- ९० वर्षे पूजाको विशेष कार्यक्रम

तानसेन गुठी, काठमाडौंका आजीवन सदस्य तथा वर्तमान अध्यक्ष श्री जीवन ज्योति बज्राचार्य तथा गुठीको तानसेन शाखाका पूर्व संयोजक श्री सर्जु लाल बज्राचार्यका पूजनीय पिता चक्रेश्वर थापा आजु श्री सन्त लाल बज्राचार्यज्यूको २०८३ वैशाख ५ गते, शनिबार आफ्नै निवासमा ९० वर्षे पूजाको विशेष कार्यक्रम सम्पन्न भएको छ।

श्री ७ रणउजीरेश्वरी भगवती माताको यँहाप्रति स्वस्ति शान्ति र सु–स्वास्थ्यको कृपा सदा प्राप्त भइरहोस् साथै कुलायन समेतले पूर्णरूपमा रक्षा गरी चिरायू रहनुहुन तानसेन गुठी परिवार हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ।