पलान्चोक भगवती धार्मिक तीर्थ यात्रा सम्पन्न
२०८२ फागुन २, शनिवारका दिन नेपालकै शक्तिशाली शक्तिपीठमध्ये एक पलान्चोक भगवती तथा बनेपा स्थित चण्डेश्वरी माताको पावन दर्शन सहितको धार्मिक तीर्थ यात्रा सफलतापूर्वक सम्पन्न भएको छ। यस पवित्र यात्रामा सहभागी तानसेन गुठी काठमाडौंका आदरणीय सदस्यज्यूहरू तथा सम्पूर्ण शुभचिन्तक महानुभावहरूमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौं।
तपाईंहरूको आपसी सद्भाव, सहयोगी भावना र एकताले यो यात्रा केवल भ्रमणमा सीमित नरही पारिवारिक पुनर्मिलन र धार्मिक उत्सवको रूपमा रूपान्तरण भएको छ। आगामी दिनहरूमा पनि यस्तै धार्मिक तथा सामाजिक कार्यक्रमहरूमा यहाँहरूको निरन्तर साथ र सहयोगको अपेक्षा राख्दै पुनः सबैलाई हार्दिक धन्यवाद।