कार्यक्रम

इन्फ्लुएन्जा तथा निमोनिया खोप कार्यक्रम सम्पन्न

२०८२ साल मंसिर २७ गते शनिबार बयोधा अस्पताल, बल्खु, काठमाडौंमा शनिबार इन्फ्लुएन्जा तथा निमोनिया विरुद्धको खोप कार्यक्रम सम्पन्न भएको छ। १६औँ कार्यसमितिको आयोजनामा सम्पन्न उक्त कार्यक्रम बिहान ८:३० बजेदेखि दिउँसो १:०० बजेसम्म सञ्चालन भएको थियो।

कार्यक्रममा कुल ६५ जनाले सहभागिता जनाउँदै खोप सेवा लिएका थिए ।

कार्यक्रमलाई सफल बनाउन स्वास्थ्य उपसमिति संयोजक तथा उपाध्यक्ष श्री सुबोधलाल श्रेष्ठको संयोजनमा सल्लाहकार प्रा. डा. श्री मनोहरलाल श्रेष्ठ, सल्लाहकार तथा निवर्तमान अध्यक्ष श्री प्रेमी श्रेष्ठ, सल्लाहकार तथा अध्यक्ष श्री जीवनज्योति बज्राचार्य, सदस्य श्री एश्वर्यमान बैश्यत, सदस्य श्री बिजनकुमार बज्राचार्य तथा सम्पूर्ण स्वास्थ्य उपसमिति परिवारले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

कार्यक्रम सफलतापूर्वक सम्पन्न हुन सहयोग गर्नुहुने बयोधा अस्पताल परिवार, स्वयंसेवक तथा सहभागी सबैप्रति धन्यवाद व्यक्त गर्दछौ ।