कार्यक्रम

यो:मरी महाेत्सव

२०८० पाैष ७ गते सम्पन्न भएको मैत्री क्लब तानसेन र तानसेन नगरपालिका वडा नं. ३ काे संयुक्तरूपमा आयोजना भएको यो:मरी महाेत्सव २०८० मा तानसेन गुठी काठमाडौंलाई प्रायोजक रूपमा सहयोग गर्न माैका प्रदान गर्नुभएकाेमा आयाेजकलाई धन्यवाद प्रकट गर्दछौं ।

मैत्री क्लबका अध्यक्ष श्री मनिता शाक्य ज्यूकाे अध्यक्षता र तानसेन नगरपालिकाका नगर प्रमुख श्री सन्तोष लाल श्रेष्ठ ज्यूकाे प्रमुख आतिथ्य तथा उक्त महाेत्सवकाे उदघाटन सम्पन्न भएको कार्यक्रममा तानसेन गुठी, काठमाडौंकाे तर्फबाट यस गुठीका सचिव डा. सुरेन्द्र श्रेष्ठले सहभागी भई शुभकामना मन्तब्य दिनुभएको थियो ।

तानसेन गुठी काठमाडौंकी अध्यक्ष श्री प्रमी श्रेष्ठ ज्यूकाे आर्थिक सहयोगको जानकारी तथा शुभकामना पत्र मैत्री क्लबकी अध्यक्ष श्री मनिता शाक्य ज्यूलाई सचिव डा. सुरेन्द्र श्रेष्ठले हस्तान्तरण गर्नुभएको थियो भने, आर्थिक सहयोगकाे रकम तानसेन गुठी तानसेन शाखाका अध्यक्ष श्री सुशील प्रधान ज्यू मार्फत आयाेजकलाई प्रदान गरियो ।

उक्त उदघाटन सत्रको कार्यक्रममा तानसेन गुठी काठमाडौं काे तर्फबाट यस गुठीका पुर्व अध्यक्ष श्री सर्जुमान लिगलज्यूकाे सहभागीता थियो । पुर्व अध्यक्षज्यूबाट महत्साेवलाई सफल बनाउन सम्पूर्ण रुपमा सहयोग गर्नुभएको थियाे।सहयोग गर्नुहुने दाताहरुमा हार्दिक धन्यवाद !