कार्यक्रम

केतुका पूजा (व्रतबन्ध) तथा ईँही (बेल विवाह) कार्यक्रम

यस गुठीको सामाजिक तथा सांस्कृतिक कार्यक्रम अन्तर्गत यस वर्ष सामूहिक व्रतबन्ध (चूडाकर्म) कार्यक्रम तथा सामूहिक ईँही (बेल विवाह) कार्यक्रम देहायको मिति र स्थानमा सम्पन्न गरियो ।

क) व्रतबन्ध (चूडाकर्म) कार्यक्रम :
मिति : २०८२ साल आषाढ १० गते बुधवार ।
स्थान : कुम्भेश्वर, बंगलामुखी मन्दिर परिसर, ललितपुर ।
सहभागी : तानसेन गुठी आजीवन सदस्यहरुका छोरा/नातिहरु लगायत अन्य ११ जना बटुकहरु ।

ख) बेल विवाह (ईँही) कार्यक्रम :
मिति : २०८२ साल आषाढ १६ गते मंगलवार र १७ गते बुधवार ।
स्थान : कुम्भेश्वर, बंगलामुखी मन्दिर परिसर, ललितपुर ।
सहभागी : तानसेन गुठी आजीवन सदस्यहरुका छोरी/नातिनीहरु लगायत अन्य १५ जना कन्याहरु ।

उपरोक्त दुवै पूजा कार्यक्रम कुम्भेश्वर महादेव मन्दिरको मूल पुजारी श्री मात्र राजे पाठ्याचार्यज्यूको नेतृत्वमा सम्पन्न भएको थियो ।

उक्त कार्यक्रमहरुमा गुठीका सल्लाहकारज्यूहरु, पूर्व अध्यक्षज्यूहरु, गुठीका आजीवन सदस्यहरु, अध्यक्षज्यू तथा कार्य समितिका सदस्यहरु उपस्थित भई बटुकहरु तथा ईँही कन्याहरुलाई शुभ आशीर्वाद प्रदान गर्नु दिनु भएकोमा धन्यवाद ज्ञापन गर्दछु ।

यस गुठीका आजीवन सदस्यहरुबाट गुठीको संरक्षणमा व्रतबन्ध (चूडाकर्म) तथा बेल विवाह (ईँही) कार्यक्रम गर्न अनुरोध भई आएकोमा गुठीको वार्षिक कार्यक्रम अन्तर्गत यो कार्यक्रमको आयोजना तथा सञ्चालन गर्न सल्लाहकार सभाका वरिष्ठ उपाध्यक्ष समेत भई दिनुहुने पूर्व अध्यक्ष श्री निलम गोपाल श्रेष्ठज्यू, अध्यक्ष श्री जीवन ज्योति बज्राचार्यज्यू लगायत यस उपसमितिका सदस्यहरु का.स.स. श्री आरती शाक्यज्यू र का.स.स. श्री प्रेममा गोपालज्यूमा हार्दिक आभार व्यक्त गर्दछु ।