कृष्णबहादुर इन्द्रकुमारी दुर्गादेवी स्मृति अक्षयकोष

यस गुठीका आजीवन सदस्य श्री ठाकुर प्रसाद थान्जू तथा श्रीमती शोभालक्ष्मी थान्जूबाट बुटवल माध्यमिक विध्यालयमा अध्ययनरत आर्थिक अवस्था कमजोर भएका एकजना विध्यार्थीलाई स्कुलको सिफारिसमा छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले २०७९ मा स्थापित ‘कृष्णबहादुर इन्द्रकुमारी दुर्गादेवी स्मृति छात्रवृत्ति’ यस वर्ष २०८०को लागि कक्षा ११ मा अध्ययनरत विध्यार्थी रक्षा भुषाललाई विध्यालयको ७२ औं वार्षिकउत्सवको अवसरमा २०८० साल मंसिर २८ गते तानसेन गुठी बुटवल शाखाका उपाध्यक्ष श्री केदार प्रसाद श्रेष्ठबाट प्रमाणपत्र तथा अक्षयकोषदाता परिवार श्री प्रज्वल थान्जूबाट छात्रवृत्ति रकम रु १००००/-( दस हजार) प्रदान गरिनुका साथै हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको शुभकामना दिनुभएको थियो।
